शुक्रबार, भाद्र २६ गते २०८३
images

पोखराले दियो चितवनलाई १२४ रनको लक्ष्य

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 287
    SHARES
  • पोखराले दियो चितवनलाई १२४ रनको लक्ष्य

    असोज १५ काठमाडौं । टियु अन्तर्राट्रिय क्रिकेट मैदानमा जारी चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टि२० क्रिकेटमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    शुक्रबार विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

    पोखराको लागि विवेक यादवले सर्वाधिक ५३ रन बनाए । ४५ बल खेलेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरे । चितवनका साहब आलमले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले २ र सोमपाल कामीले १ विकेट लिए । 

    images

    यसअघि आज भएको पहिलो खेलमा ललितपुर प्याट्रियाट्सले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ ।