बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर मनसुनी वायु सक्रिय ,केहि प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

एक्सप्रेस पाना
आषाढ १२, २०८१ बुधबार
  • 269
    SHARES
  • देशभर मनसुनी वायु सक्रिय ,केहि प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने

    काठमाडौं । जल तथा मौसम पुर्वनुमान महाशाखाकोअनुसार हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।

    images

    देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती, कोसी र गण्डकी प्रदेशका केहि स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


    आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदलीको अवथ रहनेछ। देशका बाँकी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था सहने छ। 

    images

    कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि साधारणतया बदली रहने छ। 

    कोसी, मधेस र बागमती प्रदेशका धेरै स्थान, गण्डकी र  लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 


    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

    कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।