काठमाडौं । आज बिहानैदेखि परिरहेको पानीले पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार १२ बजेर ५० मिनेट जाँदा जलबीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । इच्छाकामना-६, जलबीरेमा माथिबाट पहिरो खसेको छ । भने, पहिरोले दुईतर्फ नै गाडी गुड्न सकेका छैन ।
प्रहरीका अनुसार पानी परिरहेको कारण पहिरो पन्छाउन समस्या भइरहेको छ ।
.jpg)


