बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर मनसुनी वायुको प्रभाव,मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
आषाढ १३, २०८१ बिहीबार
  • 238
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि भारी वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    images

    महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images

    आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।


    आज राति भने देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। कोशी, मधेश र बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।