काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउनदेखि लागू हुनेगरी मुलुकभर सीपमूलक कार्यक्रम गरिने बताएका छन् ।
शुक्रबार एक कार्यक्रम उद्घाटन गर्दै मन्त्री अर्यालले सीपमूलक कार्यक्रममा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह पनि गरेका छन् ।
वैदेशिक रोजगारी जाने होस् वा आन्तरिक रोजगारीमा रहने श्रमिकका लागि सीप अपरिहार्य रहेको मन्त्री अर्यालले बताए ।
उनले भने,"सीप भएको श्रमिकले राम्रो आम्दानी गर्न सक्छ । सम्भावित दुर्घटनाबाट बच्न सक्छ । बाध्यकारी वैदेशिक रोजगारीमा रहँदा पनि आफ्ना सपनाहरू पूरा गर्न सक्छ," ।
मन्त्री अर्यालले श्रम मन्त्रालयले आन्तरिक रोजगारीलाई व्यवस्थित गर्न रोजगार बैंकको बृहत् अवधारणालाई अघि सारेको बताए । बैंकमा वैदेशिक रोजगारीबाट फर्केका सबै श्रमिकको तथ्यांक संकलन गरिने उनले बताए ।
.jpg)


