बिहीबार , कार्तिक २० गते २०८३
images
images

सिधा कुरा डटकमका अध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर

एक्सप्रेस पाना
आषाढ १४, २०८१ शुक्रबार
  • 249
    SHARES
  • सिधा कुरा डटकमका अध्यक्षसहित तीन जनाविरूद्ध मुद्दा दायर

    काठमाडौं । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ ।

    images

    सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुराका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो । उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

    सिधाकुराले डार्क फाइल भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो । उक्त अडिओ तिमल्सीनाले उपलब्ध गराएको भनिएको थियो ।

    images

    सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो ।

    उनीहरू तीनै जनाविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।