सोमबार, भाद्र २९ गते २०८३
images

टि-२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा

एक्सप्रेस पाना
आषाढ १५, २०८१ शनिबार
  • 270
    SHARES
  • टि-२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा

    काठमाडौं । आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा हुँदैछ।

    images

    दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो।

    भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। 

    images

    दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो।

    भारत र दक्षिण अफ्रिका दुवै टिम समूह चरणमा कुनै हारको सामना नगरी फाइनल पुगेका हुन्। भारत र दक्षिण अफ्रिकाको फाइनल भिडन्त नेपाली समय अनुसार शनिबार राति ८स्१५ बजे वेस्ट इन्डिजको केन्सिङ्टन ओभल क्रिकेट मैदान ब्रिजटाउनमा हुनेछ।