बिहीबार , कार्तिक २० गते २०८३
images
images

कोसी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 234
    SHARES
  • कोसी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
    आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोसी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    images

    दिउँसो पनि देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने अनुमान छ भने कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images

     आज राति पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा देशका बाँकी  भूभागका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 


    साथै कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा राति धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

     
    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
    देशभर थोरै स्थानमा  भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।