सोमबार, भाद्र २९ गते २०८३
images

भारतीय टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा

एक्सप्रेस पाना
आषाढ १६, २०८१ आइतबार
  • 284
    SHARES
  • भारतीय टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा

    काठमाडौं । टी-२० विश्वकप जितेपछि  भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी–२० अन्तर्राष्ट्रियबाट सन्यासको घोषणा गरेका छन् ।

    images

    खेलपछि पत्रकार सम्मेलनमा रोहित शर्माले दक्षिण अफ्रिकाविरुद्ध खेलिएको टी–२० विश्वकपको फाइनल खेल आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल भएको बताएका हुन् ।

    रोहितअघि विराट कोहलीले पनि टी–२० अन्तर्राष्ट्रिय फर्म्याटबाट सन्यासको घोषणा गरेका थिए ।

    images

    रोहित शर्माको नेतृत्वमा भारतले १७ वर्षपछि टी-२० विश्वकप जित्न सफल भएको छ । यस अघि भारतले टी-२० विश्वकपको उपाधि २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा जितेको थियो । 

    अमेरिका र वेस्ट इन्डिजबीच भएको विश्वकपको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेर उपाधि जितेको थियो ।