काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ।
संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा आज गृह मन्त्री रवि लामिछाने, अर्थ मन्त्री वर्षमान पुन र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रृष्ठले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्।
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले लोकसेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० अषाढ) पेश गर्नेछन्। त्यसैगरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्ति बहादुर बस्नेतले जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

.jpg)


