काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका निम्ति स्थगित भएको छ ।
सदनमा मन्त्री उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
सोमबार संसद् बैठक सुरु गर्नासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले कोही मन्त्री बैठकमा उपस्थित नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराए ।
उनले भने,“प्रतिनिधिसभा सुरु भएपछि मन्त्रिपरिषद्को एकजना पनि सदस्य मन्त्रीजी अनिवार्य उपस्थितिको व्यवस्था छ । नभएको कारणले गर्दा ध्यानाकर्षण गराउँछु,”
.jpg)


