बिहीबार , कार्तिक २० गते २०८३
images
images

चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम पनि हो: रेखा शर्मा

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 293
    SHARES
  • चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम पनि हो: रेखा शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताएकी छन् । 

    images

    आइतबार नेपाल चलचित्र विकास बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम रहेको बताएकी हुन् । 

    उनले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरू परिणाममा पुर्याउन चुनौतिपूर्ण रहेको बताइन् ।

    images

    उनले दोलखाको फिल्म सिटी बनाउने सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने उनको विश्वास छ । 

    मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाइन् । उनले चलचित्र ऐन छिटोभन्दा छिटो ल्याउन सरकार संवेदनशील रहेको बताइन् । 
     

     

  • सम्बन्धित विषय:

  • # रेखा शर्मा