सोमबार, भाद्र २९ गते २०८३
images

युरो कपमा आज दुई खेल-फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 292
    SHARES
  • युरो कपमा आज दुई खेल-फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया

    काठमाडौं । युरो कप फुटबलमा सोमबारराति दुई वटा खेल हुँदैछन् । 

    images

    अन्तिम १६ का खेलअन्तर्गत आज राति फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे फ्रान्स र बेल्जियमबीच खेल हुँदेछ । यस्तै राति पौने १ बजे पोर्चुगल र स्लोभेनियाबीच खेल हुनेछ ।

    गएराति भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन युरो कप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ ।

    images

    यस्तै गएराति नै भएको अर्को खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # युरो कप