बिहीबार , कार्तिक २० गते २०८३
images
images

श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 370
    SHARES
  • श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा

    काठमाडौं ।आगामी श्रावण महिनाभर सञ्चालन हुने पशुपति कोटिहोम महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। 

    images

    महायज्ञ शुभारम्भ हुन अब करिब दुई हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले तयारीलाई तीव्रता दिएको छ । 

    आयोजक र अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरू पनि महायज्ञ सञ्चालनको तयारीमा छन् । उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरूमा आबद्ध रहेका व्यक्तिहरू कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितिले जानकारी दिएको छ ।

    images

    कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाश डाँडालगायत पशुपति क्षेत्र सरसफाइदेखि पण्डाल र हवन कुण्ड निर्माणलगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढ्दै गइरहेको आयोजकको भनाइ छ ।

    उपत्यकाबाट अहिले दैनिक समूहका पदाधिकारीहरू तथा व्यक्तिगत रूपमा सयौँको सङ्ख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन् । त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहनेको सङ्ख्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ ।

    यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरूलाई आयोजक मानव सेवा फाउन्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।

  • सम्बन्धित विषय:

  • # पशुपति कोटिहोम महायज्ञ