शुक्रबार, भाद्र २६ गते २०८३
images

रेजिन र प्रिजेनसहित १० खेलाडी प्रारम्भिक छनोटबाट बाहिरै 

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 891
    SHARES
  • रेजिन र प्रिजेनसहित १० खेलाडी प्रारम्भिक छनोटबाट बाहिरै 

     -एजेन्सी

    images

    काठमाडौं, १६ असोज । अखिल नेपाल फुटलब संघ ९एन्फा०ले राष्ट्रिय यू(२३ टोलीको प्रारम्भिक छनोटमा १० खेलाडीलाई बाहिर राखेको छ । 

    एन्फाले शुक्रबार विभागीय नेपाल पुलिस क्लबविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै पहिलो चरणमा १० खेलाडीलाई बाहिर राख्दै सुरुवाती छनोट गरेको हो । 

    images

    मुख्य प्रशिक्षक बालगोपाल महर्जनले दोस्रो चरणमा ३२ खेलाडी छनोट गरेका छन् । उनले अन्तिम छनोटमा २३ खेलाडी सार्वजनिक गर्नेछन् । 

    प्रशिक्षक बाल गोपालले उमेर समूहमा उत्कृष्ट प्रदर्शन गरेका रेजिन सुब्बा, प्रिजेन तामाङ, दीपेश आले मगर, दीनेश हेम्जन, धीरज श्रेष्ठ, जया गुरुङलगायत खेलाडीलाई बाहिर राखेका छन् । 

    हाल नेपालले एएफसी यू(२३ एसियन कप छनोटको लागि तयारी गरिरहेको छ । समूह ुबीु मा रहेको नेपालले बलिया इरान, लेभलान र ताजकिस्तानको सामना गर्नेछ । 

    नेपालले पहिलो खेलमा २५ अक्टोबर इरान, यस्तै आयोजक ताजकिस्तानसँग २८ अक्टोबर तथा ३१ अक्टोबरमा लेभलानलाई चुनौती दिनेछ । 

    प्रशिक्षक बाल गोपाल महर्जनले छनोट गरेको ३२ खेलाडीमा हाल साफ च्याम्पियनसिप खेलिरहेको टोलीबाट ७ खेलाडी रहेका छन् । 

    यस्तै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका १२ खेलाडी टोलीमा समावेश छन् । 

    प्रशिक्षक बाल गोपालले बाहिर राखेका १० खेलाडी  स्
    गोलरक्षक –सूर्य अघिकारी
    मिडफिल्डर – जया गुरुङ, दीपेश आले मगर, लखन लिम्बु, कुशल फुयाँल, सन्जिव विष्ट
    स्ट्राइकर – प्रिजेन तामाङ, दीनेश हेम्जन, रेजिन सुब्बा, धीरज श्रेष्ठ,


    नेपाली ३२ टोली 
    गोलरक्षक– अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, रोहित कार्की
    डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, अशिम भुसाल, रन्दीप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, आदिल हमिद, 
    मिडफिल्डर – अशोक थापा, अनिल महर्जन, अभिषेक लिम्बु,  शिब गुरुङ, नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, दिनेश गुरुङ, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट