बिहीबार , कार्तिक २० गते २०८३
images
images

विमान सम्पर्कविहीन भएको भन्दै झुटो हल्ला फैलाउनलेलाइ कानुनी कारबाही गर्ने तारा एयरको चेतावनी

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 248
    SHARES
  • विमान सम्पर्कविहीन भएको भन्दै झुटो हल्ला फैलाउनलेलाइ कानुनी कारबाही गर्ने तारा एयरको चेतावनी

    काठमाडौं । तारा एयरले पोखराबाट जोमसोमका निम्ति उडेको आफ्नो विमान सम्र्पकविहीन भएको भन्दै झुटो हल्ला फैलाउनलेलाई कारबाही गर्ने जनाएको छ ।

    images

    सोमबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले केही गलत मनसायका व्यक्तिले झुटो हल्ला फैलाएको उल्लेख गरेको हो । कम्पनीले त्यस्ता हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरेको छ ।

    कम्पनीले गलत सूचना फैलाउनेविरुद्ध कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

    images

    “गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने समेत सूचित गरिन्छ,” जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    PopOverImage-.jpeg

  • सम्बन्धित विषय:

  • # तारा एयर