काठमाडौं । पोर्चुगल जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ ।
सोमबारराती सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेल गोल रहित बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
अतिरिक्त समयको १०५औ मिनेटमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए ।
थपिएको ३० मिनेटमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलको जितका नायक गोलकिपर डिओगो कोस्टा बनेका थिए । उनले स्लोभेनियाका तिनै पेनाल्टी बचाएर पोर्चुगललाई जिताएका थिए ।
क्वाटरफाइनलमा पोर्चुगलले फ्रान्सको सामना गर्ने भएको छ । पोर्चुगल र फ्रान्सबीचको क्वाटरफाइनल खेल जुलाई ५ मा हुने छ ।


