शुक्रबार, भाद्र २६ गते २०८३
images

एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ आर्मी तेस्रो

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 276
    SHARES
  • एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फ  आर्मी तेस्रो

    असोज १६ काठमाडौं । छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसिप महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब तेस्रो भएको छ । सेमिफाइनलमा विभागीय टोली एपिएफसँग पराजित हुँदै फाइनल पुग्न नसकेको आर्मीले नेपाल पुलिस क्वबलाई पराजित गर्दै तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

    images

    नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिताको शनिबार बिहान भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–२०, दोस्रो सेटमा २५–१७ तथा तेस्रो सेट पनि २५–१७ ले नै आर्मीले पुलिसलाई पराजित गरेको छ ।

    साविक विजेता न्यू डायमन्डसँग सेमिफाइनलमा पराजित हुँदै तेस्रो स्थानमा प्रतिस्पर्धाको मौका पाएको पुलिस साविक उपविजेता हो । महिलातर्फको फाइनलमा साविक विजेता न्यू डायमन्ड र विभागीय टोली एपिएफ क्लब आज दिउँसो १ बजे भिड्दै छन् ।

    images

    च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान चार लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले दुई लाख र तेश्रोले एक लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।