काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको कृषि हलमा आयोजित समारोहमा सचिव अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गरेका थिए ।
.jpg)


