बिहीबार , कार्तिक २० गते २०८३
images
images

कृषिमन्त्रालयमा कार्यरत कर्मचारीहरूले दिए मन्त्रालयमा धर्ना

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 226
    SHARES
  • कृषिमन्त्रालयमा कार्यरत कर्मचारीहरूले दिए मन्त्रालयमा धर्ना

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत कर्मचारीहरूले मन्त्रालयमा धर्ना दिएका छन् ।

    images

    कृषि मन्त्रालयमा समायोजन भएका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएका हुन् । 

    बिहीबार अधिकृत स्तरका कर्मचारीहरूले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् । २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि विभिन्न बहानामा आफूहरूको वृत्ति विकासका लागि नियमित रुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले साङ्केतिक विरोध स्वरूप धर्नामा बसेको कर्मचारीहरूको भनाइ छ ।

    images

    असार १४ गतेदेखि सुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको हो । लोकसेवा नियमित रुपमा नखुलेको र आफूहरूको वृत्ति विकास पनि रोकिएकाले आन्दोलन गर्नुपरेको बताएका छन् ।