बिहीबार , कार्तिक २० गते २०८३
images
images

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो

एक्सप्रेस पाना
आषाढ २०, २०८१ बिहीबार
  • 269
    SHARES
  • निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानको सुनुवाइ रोकियो

    काठमाडौं ।  निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ रोकिएको छ ।

    images

    विहिबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गरेपछि सुनुवाइका लागि थप समय लिने निर्णय गरेको सभापति पशुपतिशम्सेर जबराले जानकारी दिए । उनको सुनुवाई शुक्रबारका लागि तय गरिएको थियो । 

    प्रधानविरुद्ध चार वटा उजुरी परेकोमा समितिले बिहीबार उजुरीकर्तासँग छलफल गरेको थियो । उजुरीकर्ताको आग्रहमा गोपनीयता कायम गरी  छलफल गरिएको थियो । सो क्रममा गम्भीर विषयहरू उठेकाले त्यसमा अध्ययन गर्न थप समय लिने र त्यसपछिमात्रै सुनुवाइ गर्ने सभापति जबराले बताए ।

    images

    प्रधानविरुद्ध यौन दुर्व्यवहार लगायतका उजुरी परेका छन् । असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।