शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल : काठमाडौं र भैरहवाको खेल स्थगित

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 273
    SHARES
  • इपिएल : काठमाडौं  र भैरहवाको खेल स्थगित

    असोज १६ काठमाडौं । टियु मैदानमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को १३ औं खेल काठमाडौं किंग्स इलेभेन र भैरहवा ग्ल्याडियटर्सबीचको खेल स्थगित भएको छ ।

    images

    भैरहवा र काठमाडौं दुबै टोलीका कप्तान, अम्पायर, इपिएल प्रमुख आमिर अख्तर, कमेन्टरको लामो समयको छलफलपछि खेल स्थगित गर्ने निर्णय लिएका हुन् ।

    बिहान सामान्य वर्षा भएको थियो । त्यसपछि मैदानमा घाम लागेपनि खेल हुन नसकेको हो । दुबै टोलीका खेलाडीले केहि समय मैदानमा अभ्यास गरेका थिए । खेल नुहने भएपछि मैदान छाडेका छन् । तर भिजेको आउटफिल्डको कारण खेल हुन सकेन । त्यस्तै यो खेल पुनः अर्को मितिमा हुनेछ ।

    images