बिहीबार , कार्तिक २० गते २०८३
images
images

निरन्तर वर्षाका कारण नदीमा आकस्मिक बाढीको सम्भावना,सावधानी अपनाउन विभागको आग्रह

एक्सप्रेस पाना
आषाढ २२, २०८१ शनिबार
  • 312
    SHARES
  • निरन्तर वर्षाका कारण नदीमा आकस्मिक बाढीको सम्भावना,सावधानी अपनाउन विभागको आग्रह

    काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहेकाले आकस्मिक बाढीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    images

    महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, पाँचथर, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, नवलपरासी (बर्दघाटन सुस्तापूर्व), रुपन्देही, कपिलवस्तु, प्युठान, रोल्पा, सल्यान, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, बझाङ, बाजुरा, दार्चुला, बैतडी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो।

    केही स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ । 

    images

    आज र भोलि वाग्मती, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती, महाकली, पश्चिम सेती र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ । 

    bb-1_vOajqezFYL.jfif