शुक्रबार, भाद्र २६ गते २०८३
images

एपीएफलाई हराउँदै न्यु डायमण्डले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 306
    SHARES
  • एपीएफलाई हराउँदै न्यु डायमण्डले जित्यो एनभीए भलिबल च्याम्पियनसिपको उपाधि

    असोज १६ काठमाडौं । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि हात पारेको छ । 

    images

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को  कभर्डहलमा भएको खेलमा विभागीय प्रतिद्वन्द्वी तथा साविको विजेता एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डायमण्ड विजयी भएको हो । 

    राष्ट्रिय टोलीका खेलाडीले भरिएको एपीएफविरुद्ध न्यु डायमण्डले पुनरागमन जित निकालेको थियो । न्यु डायमण्डको जितमा प्रतिभा माली, अरुणा शाही, ललिता नाथ, झरना श्रेष्ठ, बाल्मिका आचार्यले उत्कृष्ट प्रदर्शन गरे ।

    images

    पहिलो सेट २४-२६ ले गुमाएको न्यु डायमण्डले बाँकी सेटमा पुनरामगम गर्दै २५-२१,२५-१७ र २५-१५ ले जितेको हो ।

    उक्त जितसँगै च्याम्पियन न्यु डायमण्डले ४ लाख हात पारेको छ । उपविजेतामा सीमित एपीएफले २ लाख पायो । यस्तै तेस्रो भएको आर्मी क्लबले १ लाख प्राप्त गर्‍यो ।