बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभा बैठक आज बस्दै

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 234
    SHARES
  • प्रतिनिधिसभा बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । 

    images

    बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी बोलाइएको छ । 

    बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    images

    त्यस्तै प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको विनियोजन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

    त्यसैगरी, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०ु पेस गर्नेछन् ।

    त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ वार्षिक प्रतिवेदन आ.व. २०७९र२०८० पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    to.jpg