सोमबार, भाद्र २९ गते २०८३
images

एशिया कप खेल्ने महिला क्रिकेट टिमलाई बिदाई

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 282
    SHARES
  • एशिया कप खेल्ने महिला क्रिकेट टिमलाई बिदाई

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यानं)ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडीको बिदाई गरेको छ । 

    images

    शनिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङर क्यानका पदाधिकारीले महिला क्रिकेट टिमलाई बिदाई गरेका हुन् ।   

    महिला एशिया कपमा जुलाई १९ देखि हुने यस प्रतियोगितामा नेपाल भारत, पाकिस्तान र युएईसहित समुह ए मा रहेको छ ।

    images

    एशिया कप अघि नेपाली महिला टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट टिमसँग जुलाई १६ मा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । 

    एशिया कप खेल्न इन्दु बर्माको कप्तानीमा १५ खेलाडी छानिएको छ । जसमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी रहेका छन् ।

    महिला एशिया कप जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा हुने तय भएको छ ।  

    एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपाल भारत, पाकिस्तान र युएईसँगै समुह ए मा रहेको छ भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।