सोमबार, भाद्र २९ गते २०८३
images

कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 301
    SHARES
  • कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा

    काठमाडौं । कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।

    images

    आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

    कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक एक गोल गरेका थिए ।

    images

    यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने निश्चित भएको छ ।

    यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ ।