सोमबार, भाद्र २९ गते २०८३
images

ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 304
    SHARES
  • ब्राजिललाई हराउँदै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा

    काठमाडौं । कोपा अमेरिका २०२४ को खेलामा उरुग्वे सेमिफाइनलमा प्रवेश गरेको छ।

    images

    आइतबार भएको क्वार्टरफाइनल खेलमा ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा पुगेको हो। निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा गएको थियो।

    टाइब्रेकरमा उरुग्वेले ४–२ को गोलअन्तरले जित निकालेको हो। जितसँगै उरुग्वे सेमीफाइनलमा पुगेको छ भने ब्राजिल प्रतियोगिताबाटै बाहिरिएको छ।

    images

    त्यस्तै पनामालाई सजिलै पराजित गर्दै कोलम्बिया पनि कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ।

    स्टेट फार्म स्टेडियममा आज बिहान सम्पन्न खेलमा कोलम्बियाले पनामालाई ५–० गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

     

  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका