बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रतिनिधिसभामा अख्तियारको ३३ औं वार्षिक प्रतिवेदन  पेस

एक्सप्रेस पाना
आषाढ २३, २०८१ आइतबार
  • 269
    SHARES
  • प्रतिनिधिसभामा अख्तियारको ३३ औं वार्षिक प्रतिवेदन  पेस

    काठमाडौं । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९र८०) प्रतिनिधि सभामा पेस गरिएको छ ।

    images

    आइतबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सो प्रतिवेदन पेस गरेका हुन् ।

    उनले भने "नेपालको संविधानको धारा २९४ को उपधारा १ बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९\८०)लाई सभा समक्ष पेस गर्दछु ।"

    images

    संवैधानिक व्यवस्था अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्नुपर्ने हुन्छ ।