एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज रोमाञ्चक खेल हुँदैछ । रोनाल्डो प्रेरित म्यान्चेस्टर युनाइटेडले एर्भटनको सामना गदैछ । जारी सिजन अंक तालिकाको चौथौ स्थानमा रहेको युनाइटेडले पाँचौं स्थानमा रहेको एर्भटनको सामना गर्न लागेको हो ।
दुबै टोलीको समान ६ खेलबाट समान १३ अंक रहेको छ । गोल अन्तरको आधारमा युनाइटेड अघि रहेको छ । जसमा दुबै टोलीले ४/४ खेल जितेका छन् भने १/१ खेल बराबरी र १/१ खेलमा हार व्यहोरेका थिए ।
नेपाली समय अनुसार यी दुई टोलीबीचको खेल साँझ ५ः१५ बजेबाट युनााइटेडको घरेलु मैदानमा हुनेछ । आजको खेलमा घरेलु टोली सहज जितको खोजीमा रहेको छ । यस अघि आफ्नो पाँचौं खेलमा घरेलु मैदानमै लेष्टर सिटीसँग १-० गोलले पराजित भएको थियो ।


