बिहीबार , कार्तिक २० गते २०८३
images
images

मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै,वर्षाको मात्रामा केही कमी आउने

एक्सप्रेस पाना
आषाढ २४, २०८१ सोमबार
  • 279
    SHARES
  • मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै,वर्षाको मात्रामा केही कमी आउने

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सोमबारदेखि क्रमिकरुपमा दक्षिणतिर सर्दै जाने छ । 

    images

    आजदेखी नेपालमा मनसुनको सक्रियतामा कमी आइ वर्षाको मात्रामा केही कमी आउने सम्भावना रहेको छ। 

    कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र  थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    images

    सोमबार देशभर साधारणतया बदली रहने छ ।  सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्क देखि मध्यम वर्षाको सम्भावना रहेको छ। वर्षाको कारण भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम कायम रहेको छ । 

    खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन(जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ।