काठमाडौं । अबिरल बर्षाका कारण कञ्चनपुरमा घरभित्र बाढी पस्दा एक शिशुको मृत्यु भएको छ ।
कृष्णपुर नगरपालिका–१, पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो ।
राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
यसैगरी बेल्डाँडी गाउँपालिका–३, वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ ।
दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार ७५० घर डुबानमा परेका छन् ।
.jpg)


