बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरोका कारण डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध

एक्सप्रेस पाना
आषाढ २५, २०८१ मंगलबार
  • 249
    SHARES
  • पहिरोका कारण डुम्रे बेँसीसहर सडकखण्ड अवरुद्ध

    काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा डुम्रे बेँसीसहर सडक अवरुद्ध भएको छ। 

    images

    जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेँसीशहर नगरपालिका(१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । 

    कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईँका अनुसार सो स्थानमा पटकपटक पहिराले सडक अवरुद्ध बनाउँदै आएको छ। सडक अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्। 

    images

    लमजुङ–तनहुँ जिल्ला जोड्ने मुख्य यस सडक हुँदै बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवन, भैरहवालगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर र मनाङ आउने यात्रुलाई बर्खायाममा बर्सेनी समस्या हुँदै आएको छ।