शुक्रबार, भाद्र २६ गते २०८३
images

इपिएल : विराटनगर बाहिरियो, पोखरा ७ विकेटले विजयी

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 485
    SHARES
  • इपिएल : विराटनगर बाहिरियो, पोखरा ७ विकेटले विजयी

    असोज १६ काठमाडौं । टियु क्रिकेट मैदानमा जारी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि-२० क्रिकेटमा विराटनगर वारियर्स प्रतियोगिताबाट बाहिरिएको छ ।

    images

    शनिबार भएको खेलमा पोखरासँग ७ विकेटले पराजित हुँदै बाहिरिएको हो । विराटनगरले दिएको १७३ रनको लक्ष्य पाएकाे पोखराले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पोखराको जितमा असेल गुणरत्नले सर्वाधिक ५०, रिचार्ड लेभीले ४७ , सहान ४३, विनोद भण्डारी १५, रित गौतम ५ रन बनाउन सफल भए ।

    यता बलिङमा विराटनगरका प्रतिश जि.सी., सिकन्द राजा र हरि चौहानले १/१ विकेट लिए ।

    images