काठमाडौं । स्पेन युरोकपको फाइनलमा पुगेको छ ।
गएराति जारी युरोकपको सेमिफाइनलमा फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको फाइनलमा पुगेको हो ।
स्पेनको जितमा लामिन यमल र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै फ्रान्सका लागि एक गोल राण्डल कोलो मुआनीले एक गोल गरेका थिए ।
यस खेलमा स्पेनका लागि पहिलो गोल गरेका यमलले १६ बर्षको उमेरमा युरोकपमा गोल गर्दै अहिलेसम्म सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् ।
यो जितपछि स्पेन पाँचौं पटक युरोकपको फाइनलमा पुगेको छ । स्पेनले यस अघि तीन पटक युरोकपको उपाधि जितेको छ भने एक पटक उपविजेता बनेको छ ।
त्यस्तै यो हारपछि फ्रान्सको युरोकप यात्रा भने समाप्त भएको छ ।


