आइतबार, भाद्र २८ गते २०८३
images

क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एक्सप्रेस पाना
आषाढ २६, २०८१ बुधबार
  • 259
    SHARES
  • क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

    काठमाडौं । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

    images

    जारी कोपा अमेरिकाको सेमिफाइनलमा क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको हो ।

    अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लियोनेल मेसीले एक एक गोल गरेका थिए । अल्भारेजले खेलको २२औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई शुरुवाती अग्रता दिलाएका थिए भने मेसीले खेलको ५१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

    images

    यो जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । फाइनलमा अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १५ मा हुने छ ।

  • सम्बन्धित विषय:

  • # कोपा अमेरिका