बिहीबार , कार्तिक २० गते २०८३
images
images

कांग्रेससँग मन्त्रालयको बाँडफाँट भइसकेको छैन् :अध्यक्ष ओली

एक्सप्रेस पाना
आषाढ २६, २०८१ बुधबार
  • 235
    SHARES
  • कांग्रेससँग मन्त्रालयको बाँडफाँट भइसकेको छैन् :अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन् ।

    images

    बुधबार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस र एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा भइनसकेको बताएका हुन् ।

    सरकारमा सहभागी हुने दलको आधारमा मन्त्रालयको भागवण्डा टुंग्याउने अध्यक्ष ओलीको भनाइ छ । 

    images

    ओलीले भने,"मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन्, सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ ।"