शुक्रबार, भाद्र २६ गते २०८३
images

एनभीए भलिबलको उपाधि आर्मीलाई,फाइनलमा हेल्प नेपाल पराजित

एक्सप्रेस पाना
आश्विन १६, २०७८ शनिबार
  • 356
    SHARES
  • एनभीए भलिबलको उपाधि आर्मीलाई,फाइनलमा हेल्प नेपाल पराजित

    असोज १६ काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी पुरुष भलिबल क्लबले एनभीए राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । 

    images

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मीले हेल्प नेपाललाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।  प्रतिस्पर्धात्मक पहिलो सेट आर्मीले २६-२४ ले आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा हेल्प नेपालले पुनरामगन गर्दै २५-१७ को सहज जित निकाल्यो ।

    पुनः तेस्रो सेट आर्मीले २५-१८ ले सहज हात पार्‍यो । र आर्मीले सेटमा २-१ को अग्रता बनायो । रोमाञ्चक चौथो सेट आर्मीले ३३-३१ ले जित्दै उपाधि आफ्नो नाममा लेखायो ।  हेल्प नेपालमा गण्डकी प्रदेशबाट खेल्दै आएका र भारतीय राष्ट्रिय टोलीबाट खेलेका विनित कुमारसहित ३ खेलाडीको साथ रहेको थियो ।

    images

    यससँगै पुरुष तर्फको खेलमा आर्मी विजेता रह्यो, पराजित हेल्प नेपाल उपविजेता रह्यो । नेपाल पुलिस क्लब तेस्रो स्थानमा रह्यो । पुलिसले तेस्रो स्थानको खेलमा एपीएफलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो । 

    यता, आज नै भएको महिलातर्फको खेलमा विभागीय एपीएफविरुद्ध न्यु डायमण्ड एकेडेमीले पुनरागमन गर्दै ३-१ को सेट जित्दै उपाधि हात पार्‍यो ।  

    उक्त जितसँगै च्याम्पियन प्रतियोगिताको विजेता आर्मी र न्यु डायमण्डले समान ४ लाख हात पारे । उपविजेतामा सीमित महिलातर्फ एपीएफ र पुरुषतर्फ हेल्प नेपालले २ लाख पाए ।