बिहीबार , कार्तिक २० गते २०८३
images
images

सहकारी छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग सोधपुछ गर्ने

एक्सप्रेस पाना
आषाढ २६, २०८१ बुधबार
  • 275
    SHARES
  • सहकारी छानबिन समितिले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग  सोधपुछ गर्ने

    काठमाडौं । सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने बताएका छन् । 

    images

    बुधबार सहकारीपीडितहरूसँगको छलफलमा बौल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले कानुनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने उल्लेख गरे । 

    उनले समितिले आश्वासनभन्दा पनि वास्तविकतामा आधारित भएर काम गर्ने बताए । सरकारको तर्फबाट भएका लुप होलहरू पनि समितिले खोजिरहेको उल्लेख गरे । 

    images

    उनले भने,"समितिले नभएका आश्वासन दिँदैन । समितिले जे हो त्यो गर्छौं । सरकारको तर्फबाट लुप होलहरू छन् भने ती पनि खोजिरहेका छौँ । सरकारका निकाय, गृह प्रशासन, प्रहरीलाई बोलाएर पनि भनिरहेका छौँ । सहकारी ठगेर विदेश जो पलायन भएका छन् । उनीहरूलाई नेपालमा ल्याउने कानुनी प्रबन्धका बारेमा जानकारी लिएका छौँ" ।