बिहीबार , कार्तिक २० गते २०८३
images
images

३७ जिल्लामा बाढीको जोखिम ,सतर्कता अपनाउन सुझाव

एक्सप्रेस पाना
आषाढ २७, २०८१ बिहीबार
  • 314
    SHARES
  • ३७ जिल्लामा बाढीको जोखिम ,सतर्कता अपनाउन सुझाव

    काठमाडौं । बिहीबार देशका ३७ जिल्ला र त्यस आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

    images

    महाशाखाले बिहीबार बाढी पूर्वानुमान बुलेटिन जारी गरी बाढीको जोखिम रहेका जिल्लाबारे जानकारी दिँदै त्यस जिल्लाका बा‍सिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको हो। 

    आज पूर्वदेखि पश्चिमसम्म देशका ३० जिल्ला र त्यस आसपास बाढीको उच्च जोखिम छ। 

    images

    महाशाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा आकस्मिक बाढीको मध्यम जोखिम देखिएको हो। 

    आज बिहानको मापनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र बढ्दो अवस्थामा छ।

    badhi--_PZUQxSRUzW.jfif