काठमाडौं । निरन्तर वर्षा भइरहेकाले नारायणी नदीले सतर्कता तह पार गरेको छ।
नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ।
नारायणी नदीको देवघाटस्थित जल मापन केन्द्रका अनुसार आज मध्याह्न १२ः०५ बजे नदीले सतर्कता तह पार गरेको हो। अहिले नदीमा पानीको सतह ७.३७ मिटर पुगेको छ। नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको केन्द्रले जनाएको छ।
केन्द्रमा पानीको सतह सात दशमलव तीन मिटर पुग्दा सतर्कता तह र नौ मिटर पुगेपछि खतराको तह पार गरेको मानिन्छ। देवघाटस्थित नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि नवलपुरका नदी नटीय क्षेत्रहरू डुबानमा पर्ने गर्दछन्।
यसैबीच, नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए। केही दिन अगाडि नारायणीमा आएको बाढीका कारण गैँडाकोट, मध्यविन्दु तथा विनयी त्रिवेणी गाउँपालिकाका केही वडा डुबानमा परेका जिल्लास्थित सुरक्षा निकाय, रेडक्रसलगायत सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
‘
.jpg)


