काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बसलाई पुरेको छ ।
पहिरोमा परी केही यात्रुहरु समेत बेपत्ता छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोले पुरेको हो ।
बस त्रिशूलीमा बेपत्ता भएकोले खोजी कार्यमा समस्या भएको छ । निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले सडक सुचारु गराउने कार्यमा बाधा उत्पन्न भएको छ ।
.jpg)


