बिहीबार , कार्तिक २० गते २०८३
images
images

अविरल वर्षापछि पहिरो जाँदा एकै परिवारका सातसहित नौ जनाको मृत्यु

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 266
    SHARES
  • अविरल वर्षापछि पहिरो जाँदा एकै परिवारका सातसहित नौ जनाको मृत्यु

    काठमाडौं । अविरल वर्षापछि पहिरो जाँदा पोखरामा एकै परिवारका सातसहित नौजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । 

    images

    पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा एकै परिवारका सातजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । 

    पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र नौ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    गएराति १०ः३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएर बसेको समय पहिरो खसेको बताइएको छ ।