काठमाडौं । गए राति चितवन नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बस अझै फेला परेको छैन् ।
त्रिशूली नदीको उच्च बहाब र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरिएको छ । खोजी कार्यजारी रहेको प्रहरीले जनाएको छ ।
वीरगन्जबाट काठमाडौं आउँदै गरेको डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति बस बेपत्ता भएको थियो ।
दुवै बसका गरी ६२ यात्रु बेपत्ता भएको अनुमान गरिएको छ ।
.jpg)


