बिहीबार , कार्तिक २० गते २०८३
images
images

प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत

एक्सप्रेस पाना
आषाढ २८, २०८१ शुक्रबार
  • 251
    SHARES
  • प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन् ।

    images

    शुक्रवार प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री दाहाल पदमुक्त भएका छन् ।

    मतदानको प्रक्रियामा दाहालको पक्षमा ६३ मत र विपक्षमा १९४ मत खसेको थियो । त्यस्तै १ मत तटस्थ रहेको थियो । आइतबार संसदमा २५८ जना सांसद उपस्थित थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

    images

    दाहालले आफ्नो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिएका हुन् । पाँचौँ पटकमा भने उनी विश्वासको मत पाउनबाट असफल भए ।

    प्रधानमन्त्री दाहालले विश्वासको मत नपाएसँगै वर्तमान सरकार ढलेको छ ।