काठमाडौं । त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्यको दोस्रो दिन पनि जारी रहेको छ ।
सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको बसको शनिबार विहानै देखि खोजी कार्य सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमानमा पुगिएको छ ।
गाडीको पर्दा र ट्याग सुट सहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए ।
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमल तालमा शुक्रवार बिहान पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको हो ।
.jpg)


