बिहीबार , कार्तिक २० गते २०८३
images
images

यात्रुसहित त्रिशूलीमा बेपत्ता बसको ड्रोनमार्फत खोजी गरिदैँ

एक्सप्रेस पाना
आषाढ २९, २०८१ शनिबार
  • 242
    SHARES
  • यात्रुसहित त्रिशूलीमा बेपत्ता बसको ड्रोनमार्फत खोजी गरिदैँ

    काठमाडौं । सिमलतालमा पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता बसको ड्रोनमार्फत खोजिदै छ । 

    images

    पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु भएको हो ।

    र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रका बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ । 

    images

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट नौ  गोताखोरसहित २५ जना र १७ नम्बर गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज खोजीकार्यमा परिचालित भएको छ ।