शुक्रबार, भाद्र २६ गते २०८३
images

एथ्लेटिको मड्रिडसँग बार्सिलोना पराजित

एक्सप्रेस पाना
आश्विन १७, २०७८ आइतबार
  • 207
    SHARES
  • एथ्लेटिको मड्रिडसँग बार्सिलोना पराजित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ ।

    images

    शनिबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको हो । एथ्लेटिकोलाई महत्त्वपूर्ण तीन अंक दिलाउन थोमस लेमार र लुइस स्वारेजले १/१ गोल गरे ।

    खेलको २३औं मिनेटमा लेमारले गोल गर्दै एथ्लेटिकोलाई १-० गोलको अग्रता दिलाए । ४४औं मिनेटमा स्वारेजले पूर्व क्लबविरुद्ध गोल गर्दै  एथ्लेटिकोलाई २-० को जित दिलाए । पहिलो हाफमा २-० गोलले अग्रता बनाएको एथ्लेटिकाले दोस्रो हाफमा थप गोल नहुँदा बार्सिलोना २-० गोलले पराजित भएको हो । 

    images

    उक्त जितसँगै एथ्लेटिकोले ८ खेलमा १७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । यता पराजित बार्सिलोना भने ७ खेलबाट १२ अंक जोडेर दशौँ स्थानमा छ ।

    स्पेनिस लिगको अन्य खेलमा काडिज र भ्यालेन्सियाले गोलरहीत बराबरी खेले भने लेभान्तेले मालोर्कालाई १-० गोल अन्तरले पराजित गरेको छ । ओसासुनाले रायो भालेकानोलाई १-० गोल अन्तरले पराजित गरेको छ ।