बिहीबार , कार्तिक २० गते २०८३
images
images

पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता बस र यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन

एक्सप्रेस पाना
आषाढ ३०, २०८१ आइतबार
  • 240
    SHARES
  • पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता बस र यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन

    काठमाडौं । चितवनको सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसका यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् ।

    images

    बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् । 

    त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको  सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 

    images

    सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नं १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘र्याफ्याटिङ बोट’ सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदी किनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा नौ जना परिचालित भएका छन् । 

    गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूली नदीमा दुई  बसका बेपत्ता यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ ।