बिहीबार , कार्तिक २० गते २०८३
images
images

देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको हुन्छ  :सुमना श्रेष्ठ

एक्सप्रेस पाना
आषाढ ३०, २०८१ आइतबार
  • 232
    SHARES
  • देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको हुन्छ  :सुमना श्रेष्ठ

    काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । 

    images

    आइतबार मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

    उनले देशलाई माथि लैजाने वा तल झार्ने भन्ने कुराको सुनिश्चितता शिक्षा मन्त्रालयले गर्ने भन्दै त्यसको जग बसाल्न मन्त्रालयका सम्बन्धित निकाय र कर्मचारीको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गरिन् । 

    images

    मन्त्रालयमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले मन्त्रालय सम्हालेदेखि नै आफ्नो क्षमताले भ्याएसम्म तीव्र गतिमा काम गरेको दाबी गरिन् ।